वालवालिकाले अभिभावक बिना ‘नाईके’ हेर्न नपाउने !

Naaikeचलचित्र ‘नाइके’ ले सेन्सर वोर्डबाट ‘पिजी सर्टिफिकेट’ पाएको छ । चलचित्रमा समावेश केहि हिंसात्मक दृश्ययको कारण सेन्सरले वालवालिकाहरुले अभिभावकको साथमा हेर्नुपर्ने गरी पिजी सर्टिफिकेट थमाएको निर्माण युनिटले जानकारी दिएको छ ।

अधिक मात्रामा काटमारको दृश्य भएपछि आर्यन सिग्देल स्टारर ‘नाइके’ हेर्न १६ वर्ष भन्दा मुनिका बालबालिकालाई अभिभावकको निगरानी आवश्यक परेको हो । पिजी प्रमाण पत्र पाएपनि ‘नाइके’ मा समावेश कुनै पनि दृश्य तथा संवाद माथि सेन्सरले कैंची भने नचलाएको निर्माण टिमले जनाएको छ । लभर ब्याय आर्यन सिग्देल ‘नाइके’ मार्फत पहिलो पटक नेपाली सिनेमा पर्दामा एक्शन अवतारमा प्रस्तुत हुँदैछन् ।

नेत्र गुरुङ  यो सिनेमामा आर्यनको साथमा सुरविना कार्की र रेम विकलाई मुख्य भूमिकामा छन् । जगदिश खनाल, नारायण खनाल, आनन्द क्षेत्री र संगीता पराजुलीको संयुक्त लगानी रहेको ‘नाइके’ मंसिर १९ गतेबाट प्रदर्शनको तयारीमा छ ।