सिनेमा हलमा केटी फेरी फेरी हिंड्ने जेरी !

फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी प्रतिच्छित सिनेमा ‘जेरी’ दर्शकमाझ आएको छ । अरु कुनै पनि सिनेमाले यो सिनेमासँग जुध्न नचाहेपछी होस्टेल निर्देशक हेमराज बिसीको एक्शन कट समावेश यो सिनेमा हल हलमा आएको हो ।

सिनेमा देशभरका ६० बढी सिनेमा हलहरु मार्फत दर्शकमाझ आएको निर्माण युनिटले बताएको छ । युवा प्रेम र रोमान्सको कथा बोल्ने यो सिनेमामा अभिनेता भुवन केसी पुत्र अनमोल केसी, अन्ना शर्मा,अमलिया शर्मा, अभिषेक मान शेरचन लिड रोलमा छन् । सिनेमा ‘जेरी’मा रमणिय हिमाली जिल्ला मुस्ताङका मनमोहक दरश्यहरु समावेश छन् ।

मनोज शेरचनको लगानीमा तयार यो सिनेमालाई कलेज पढ्दै गरेका तथा नेपाली सिनेमा तर्फ ईच्छा राख्ने सबैले मन पराउने आशा राखीएको छ । ‘जेरी’मा नरेन लिम्बुको संगीत छ, भने  शैलेन्द्र कार्कीको छायांकन छ ।