अकस्मात सुनकोशी जस्तो फिल्ममा भेल नआए हुन्थ्योः सुवास थापा

नेपाली चलचित्रलाई नजिकबाट चिन्नेहरुको लागी सुवास थापा नयाँ नाम होईन् । ‘कोहि मेरो’ फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेका थापाले हालसम्म धेरै चलचित्रबाट अभीनयको अनुभव गाल्दै चलचित्र निर्माणमा समेत हात हालेका छन् । सुवासले लगानी गरेको पहिलो फिल्म ‘ बिर्खेलाई चिन्छस्’ भदौ २० बाट देशव्यापि प्रदर्शनको तयारीमा छ । त्यसो त यो चलचित्रमा लिड रोलमा अभिनय पनि सुवास कै छ । अहिले चलचित्रको प्रचारप्रसारमा व्यस्त सुवास चलचित्र “बिर्खेलाई चिन्छस्’ सामाजिक सटारिकल कमेडी चलचित्र भएको बताउँछन् । प्रस्तुत छ, सुवाससँग चलचित्रको तथा पछिल्लो समयको व्यस्तताका बारेमा ‘फिल्मीजुम संवादाता निरा अंगाईंले गरेको कुराकारीको संपादित अंशः

१. आजकल के मा व्यस्त हुनु हुनुहन्छ ?
– मैले लगानी गरेको तथा लिड रोलमा अभिनय गरेको चलचित्र ‘बिर्खेलाई चिन्छस्’ भदौ २० गतेबाट अलनेपाल रिलिजको तयारीमा छ, त्यसैको पब्लिसिटिमा र प्रोमोसनमै व्यस्त छु ।

२. बिर्खेलाइ चिन्छस् कस्तो चलचित्र हो ?
– बिर्खेलाइ चिन्छस् चाहि हाम्रो समाजमा हुने साधारण पात्रहरुको परिबेश ,सामाजिक कमेडिमुलक फिल्म हो ।

३. तपाईं त अभिनेता, किन आफै चलचित्रमा लगानी गर्न तम्सिनु भयो ?
– म एक कलाकार त्यस्मा एउटा व्यापारको हिसाबले भन्नुपर्दा विशुद्ध व्यापारीक प्रयोजनको लागी पनि कलाको आवश्यकता पर्दछ त्यसैले । कलाकार हुँदैमा लगानी गर्न हुँदैन भन्ने छैन् ।

४. यो फिल्ममा सुवास थापालाई दर्शकले कस्तो भुमिकमा देख्न पाउनेछन ?
– यस फिल्ममा मलाई दर्शकले हिमाल, पहाड, तराईको परिवेशमा साधारण प्रतिनिधि पात्रको भुमिकामा देख्न पाउनुहुनेछ । जहाँ आम नेपालीहरुको प्रतिनिधी पात्र ‘बिर्खे’को भुमिकामा म देखिँदैछु ।